काठमाडौं । प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौंमा कलाकार निर्मल शर्माको समन्वयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

त्यसक्रममा विवेकशील अभियान, युवाको स्वतन्त्र उमेदवारी र रवि नेतृत्वको नयाँ पार्टीका बारेमा छलफल भएको पुकारले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–१ मा पुकारको उमेदवारीलगायत आउँदो निर्वाचनका बारेमा समेत प्रारम्भिक छलफल भएको जनाइएको छ । केही दिनअघि पुकारले काठमाडौं–१ बाट उमेदवारी दिने घोषणा गरेका थिए ।

दुई नेताबीच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्नेबारे कुराकानी भएको जनाइएको छ ।रवि नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ ।

By admin

Leave a Reply

Your email address will not be published.